८ कार्तिक २०८३, आइतबार

महिलाले गरिन् व्यापारीको अपहरण, ६ महिनापछि पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapसुरुङ्गा (झापा), १० साउन । झापाको बिर्तामोडका अलैँची व्यवसायी सुनिलकुमार विन्दलको अपहरणमा संलग्न एक महिला ६ महिनापछि आज पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा धरमपुर–४ निवासी २३ वर्षीया वुनु भनिने सुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरीको विशेष टोलीले इटहरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

गत माघ १८ गते आफ्नै साथी बज्रङ्ग पन्सासीसहित ६ जना मिलेर उनलाई मोटो रकम फिरौती माग गर्दै अपहरण गरेका थिए । अपहरणमा परेका व्यापारी विन्दललाई प्रहरीले पाँच दिनपछि झापाको धरमपुरबाट सकुशल उद्धार गरेको थियो । यसअघि प्रहरीले अपहरणमा संलग्न पाँचजनालाई गत माघ २३ गते पक्राउ गरेको थियो । रासस