२९ आश्विन २०८३, बिहिबार

माछापुच्छ्रे बैंकले मनायो २५औं वार्षिकोत्सव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । माछापुच्छ्रे बैंकले आफ्नो स्थापना दिवसको २५औं वार्षिकोत्सव मनाएको छ । स्थापना कालदेखि नै ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिमा आधारित बैंकिङ र पारदर्शी व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको बैंकले आज देशकै अग्रणी वित्तीय संस्थामध्ये एकको रूपमा पहिचान बनाएको छ ।

यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय र शुभेच्छुकप्रति आभार प्रकट गर्दै शुभकामना सन्देश दिएका छन् ।

उनले भने, “माछापुच्छ्रे बैंकको यात्रालाई आजसम्म ल्याउन सहयोग गर्ने सबैमा हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनमा पनि आधुनिक प्रविधि, दिगो वित्तीय अभ्यास र उत्कृष्ट सेवा मार्फत ग्राहकको विश्वास जित्दै अघि बढ्ने हाम्रो संकल्प छ ।”

उनका अनुसार बैंकले वित्तीय पहुँच विस्तार गर्दै ग्रामीणदेखि शहरी क्षेत्रसम्मको समावेशी बैंकिङ प्रणालीलाई अझ सबल बनाउने योजना अघि सारेको छ ।

सीईओ कोइरालाले २५ वर्षलाई एउटा महत्त्वपूर्ण माइलस्टोनका रूपमा उल्लेख गर्दै भविष्यमा अझै मजबुत र जिम्मेवार वित्तीय संस्था बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।