८ कार्तिक २०८३, आइतबार

तनहुँमा बस दुर्घटना हुँदा ६ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ९ साउन । नारायणगढबाट बागलुङ जाँदै गरेको ना३ख ४७२८ नम्बरको बस घाँसीकुवा गाविसको कमलबारीमा शनिबार दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन् ।

घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तीव्र गतिमा गुडेको उक्त बसको स्टेरिङ फेल भई बस सडकबाट बारीमा खसेको थियो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस