३० आश्विन २०८३, शुक्रबार

गुल्मीबासीले मोडल शंकर विसीसँग एक महिना अगाडि मनाए तीज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar-Bc (3)

– अनिल खत्री
गुल्मी । देशका चर्चित मोडल एवं नृत्य निर्देशक शंकर विसी अहिले तीज गीतको सुटिङ्गमा गुल्मीको तम्घासमा नाच्दै छन् । गुल्मीमा तीनवटा तीज गीत छायांकन गर्न शुक्रवार तम्घास आएका मोडल बिसीले गुल्मीमा तीज आएको झल्को दिलाउने गरी गीतको छायांकन गरेका छन् ।

Shankar-Bc (2)

नृत्य निर्देशक बिसीको साथमा अर्की मोडल रश्मी तामाङको डान्स तम्घास वासीले निकै आनन्द मान्दै छायाँकनको अन्तिम समयसम्म पनी निकै रुची दिएर हरेका थिए । शुक्रवार र शनिवार तम्घासका बिभिन्न ठाउँमा तीज गीतको छायाँकन हुने थाहा पाएपछी महिला दिदीबहिनीहरु तीज आए जस्तै गरी रातो साडी, चुरा पोतेमा सजिएर तीजको झल्को मेटाउने गरी सजिएको देखिन्थे । शंकर विसी आउने कुराले केहि दिन अघि नै चर्चा पाएको थियो । त्यसैले पनि हेर्न आउँनेहरुको निकै भिड रहेको छ ।

Shankar-Bc (1)

चर्चित गायिका मञ्जु पौडेल र गायक सन्तु थापा, गायक बैकुण्ठ महत लगायत गुल्मेली कलाकारहरुका तीन वटा गीत यसपाली गुल्मीको सुन्दर नगरी तम्घासमा छायाँकन भएका हुन । जिल्लामा जन्मेका चर्चित कलाकारहरुले आफनो ठाउँलाई अन्यत्र चिनाउने अभिप्रायले आफना गीतहरु आफनै जिल्लामा छायाँकन गरेको गायक सन्तु थापाले बताए ।

जिल्लामा निकै रमाईलो सगै म्युजिक भिडियो छायाँकन भएकोले तीनवटै गीत दर्शक श्रोताले मन पराउने नृत्य निर्देशक एबं मोडल शंकर बिसीले बताए ।