एजेन्सी । बलिउडकी एक अभिनेत्रीको रहस्यमय मृत्यु भएको छ ।
केरलका टेलिभिजन कलाकार तथा अभिनेत्री शिल्पाको कठिन परिस्थितीबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको रहस्मय मृत्यु भएपछि उनका प्रेमीलाई पुलिसले गिरफ्तार गरेको छ । आरोपी प्रेमी २३ वर्षीय लिजिनलाई पुलिसले दुई पटकसम्म सोधपुछका लागि बोलाउँदा पनि नआएपछि कट्टाकडाबाट गिरफ्तार गरेको हो ।
पुलिसका अनुसार मृत्युभन्दा पहिला लिजिनले शिल्पालाई भेटेका थिए । पुलिस स्रोतका अनुसार शिल्पाको मृत्युपछि लिजिन र उनका परिवारका अन्य सदस्य फरार भएका थिए । पुलिसले शिल्पाका दुई अन्य साथीसँग पनि सोधपुछ गरिरहेको छ । मृत्यु भन्दा पहिला शिल्पाले यी दुई साथीलाई पनि भेटेकी थिईन् । १९ वर्षीय शिल्पा १८ जुलाईमा मृत भेटिएकी थिईन् । उनको शव करामना नदीको किनारमा भेटिएको थियो ।
लिजिन पेसाले फोटोग्राफर पनि हुन् । शिल्पा की एक साथीले खुलासा गरेकी छिन् कि मृत्युभन्दा पहिला शिल्पाको प्रेमी लिजिनसँग झगड़ा भएको थियो । शिल्पाले मलयालम टेलिभिजनको रिरियल चंदनमाझा, सौभाग्यवती, मेघसंदेशम, र प्रनयममा काम गरेकी छिन् । शिल्पाले जीतू भाई एना चॉकलेट भाई, मिनीमोलूड अचन र कालिदास कविता इझुथुकायनू जस्ता फिल्ममा समेत अभिनेत्री भुमिका निभाएकी छिन् ।
शिल्पाका परिवारले उनको हत्या भएको आरोप लगाएका छन् । अभिभावकले बनाएअनुसार शिल्पा आफ्नी एक केटी साथीसँग आफ्ना साथीको घर गएकी थिईन् । राति उनका साथीले हामीलाई फोन गरेर भने कि शिल्पा आफ्नो साथीको घरबाट रिसाएर गईन् । उनले आफ्नो फोन पनि त्यही छाडिन् । त्यसपछि हामीलाई खबर आयो शिल्पाको शव नदी किनारमा भेटियो । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी















प्रतिक्रिया