२५ असार २०८३, बिहिबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल भ्यालूयर्स एसोसिएसनबीच सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल भ्यालूयर्स एसोसिएसनबीच नयाँ सेवा प्रारूप सम्झौता (सर्भिस ड्राफ्ट एग्रीमेन्ट) सम्बन्धी समझदारी भएको छ।

सम्झौताअनुसार दुवै पक्षबीच परिमार्जित सेवाअनुसारको प्रारूप सम्झौता लागू गर्ने र मूल्याङ्कन परामर्श सेवा शुल्क (भ्यालुएसन फी) संशोधन गर्ने सहमति भएको हो । सम्झौतासँगै परिमार्जित सेवाअनुसारको प्रारूप सम्झौताका साथै संशोधित मूल्याङ्कन परामर्श सेवा शुल्कसम्बन्धी विस्तृत विवरण संलग्न गरिएको छ।

सम्झौतापत्रमा उल्लेखित प्रावधानहरू पालना गर्ने दुवै पक्षले प्रतिबद्धता व्यक्त गर्दै यसका लागि आधिकारिक व्यक्तिहरूले हस्ताक्षर गरी सम्झौता कार्यान्वयनमा ल्याइएको जानकारी दिइएको हो ।

यसै अवसरमा, मूल्याङ्कन कार्यलाई पारदर्शी, वैज्ञानिक एवम् व्यवस्थित बनाउन र मूल्याङ्कनकर्ताको हकहित सुरक्षित गर्न मेगा बैंकले निरन्तर समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, समय समयमा अन्तरक्रिया, तालीम, ज्ञान आदान प्रदान जस्ता कार्यक्रम सञ्चालन गरी सम्भावित मतभेदलाई छलफलमार्फत समाधान गर्ने र समयानुकूल क्षमता विकास कार्यक्रम मार्फत मूल्याङ्कन कार्यविधि तथा मूल्याङ्कन प्रतिवेदन ढाँचामा एकरुपता ल्याउनेतर्फ बैंक सधैं अग्रसर रहने उल्लेख गरिएको छ।