७ श्रावण २०८३, बिहिबार

एमसीसीको ३१५ किलोमिटर प्रसारणलाइनकै ठेक्का लाग्यो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० असोज । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने विद्युत् प्रसारणलाइनको ११७ किलोमिटर खण्डको निर्माण सम्झौता गरेको छ । यससँगै सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारणलाइन निर्माणसम्बन्धी सबै सम्झौता सम्पन्न भएको हो ।

आशीष–बोज्लर संयुक्त उपक्रम (आशिश–बोज्लर जेभी)ले काठमाडौं जिल्लामा निर्माणाधीन लप्सिफेदी सबस्टेसनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेसन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेसनसम्मको ११७ किमि प्रसारणलाइन निर्माण गर्नेछ । यो जानकारी एमसीएले दिएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसीए–नेपालले प्रदान गरेको ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको छ । यस सम्झौताअन्तर्गत उक्त ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायत काम गरिनेछ ।

एमसीए–नेपालले नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेसनदेखि तनहुँ जिल्लामा निर्माणाधीन नयाँ दमौली सबस्टेसनसम्मको, उक्त सबस्टेसनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन नयाँ बुटवल सबस्टेसनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारणलाइन निर्माणका लागि सम्झौता यसअघि नै गरिसकेको छ । यसका अतिरिक्त रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ ।