२९ आश्विन २०८३, बिहिबार

नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाली संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ ।

राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र गायक विवेक दोङको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोतादर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ, विशाल योञ्जनको रेकर्डिङ रहेको गीतलाई मुर्चुंगा स्टुडियोमा रकर्ड गरिएको हो । अडियो तथा भिडियो दुवैलाई सदिक्षा फिल्मले प्रस्तुत गरेको छ ।

अमर ओलीको निर्देशन रहेको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । ज्ञानकुमारको कट्टेलको सम्पादन तथा रंग संयोजन पदम सुवेदी, मेकअप आर्टिष्ट मिरा लामा र पोस्टप्रोडक्सन सदिक्षा फिल्मस्ले गरेको हो ।

गीतको भिडियोलाई सदिक्षा फिल्मस् युटुबमार्फत हेर्न सकिन्छ । संगीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प्रशंसा गरेका छन् ।