२४ असार २०८३, बुधबार

मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

मंगलबार साँझ करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधबार बिहानैबाट पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।

पहिरोका कारण सडक आवागमन दुईतर्फी नै बन्द हुँदा सवारी चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

‘तुइन खोलाको पुल नजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ’, सूचनामा भनिएको छ, ‘पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

हाल पहिरोको दुवैतर्फ सवारी साधनहरु चलेका छैनन् । वैकल्पिक सडक प्रयोग गरि यातायात सञ्चालन गरिएको छ ।

त्रिभुवन राजपथ (नौबिसे–हेटौंडा), कान्ति राजमार्ग (सातदोबाटो–भैरव मन्दिर–बगुवा–लेनडाँडा –हेटौंडा) कालीगण्डकी कोरिडोरबाट छिरेर (गैडाकोट–पाल्पा रामपुर–भिमाद–तनहुँ), धादिङ (फिर्केखोला–धादिङबेशी–सल्यानटार), गोर्खा (आरुघाट–आबुखैरेनी), बुटवल–पोखरा वैकल्पिक सडक प्रयोग भइरहेको छ ।