१६ कार्तिक २०८३, सोमबार

दशैंका लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर महिलाको मृत्यु

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, ५ असोज । उदयपुरमा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ चाँप बगरटोल बस्ने अन्दाजी २४ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुर प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार स्थानीय गेरुवाई खोलामा दशैंको लागि घर लिपपोतका लागि माटो लिन गएका शंकर राईको श्रीमती रमिलाको माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।