२९ आश्विन २०८३, बिहिबार

सानिमा बैंकको लाभांश घोषणा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । सानिमा बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँ रहेको छ । कुल ७.३६८५ प्रतिशत नगद (कर सहित) लाभांशमा १ अर्ब ७ लाख रुपैयाँ ५४ हजार ७००.१५ बराबरको वितरण हुने बैंकले जनाएको छ ।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनीहरूलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।