१ कार्तिक २०८३, शनिबार

कुन देशमा कति बजे लगाउने दशैंको टीका ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ ।

समितिका सभापति प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो ।

शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।

नेपालमा टीका लगाउने उत्तम साइतः

काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे निर्धारण गरिएको छ ।

अन्य प्रमुख देशहरूमा टीकाको साइत यस प्रकार छः

भारत (दिल्ली): ११ः४९ बजे अक्टोबर २

अमेरिका (न्यूयोर्क): ११ः०५ बजे अक्टोबर १

अमेरिका (क्यालिफोर्निया): ११ः२५ बजे अक्टोबर १

क्यानाडा (टोरन्टो): ११ः५५ बजे अक्टोबर १

अष्ट्रेलिया (सिड्नी): ११ः३१ बजे अक्टोबर २

अष्ट्रेलिया (मेलबर्न): ११ः५३ बजे अक्टोबर २

जापान (टोकियो): ११ः३१ बजे अक्टोबर २

दक्षिण कोरिया (सियोल):  १०ः५७ बजे अक्टोबर २

युएई (अबुधावी): १०ः५५ बजे अक्टोबर २

कतार (दोहा): १०ः१३ बजे अक्टोबर २

मलेसिया (क्वालालम्पुर): ११ः११ बजे अक्टोबर २

सिंगापुरः ११ः०९ बजे अक्टोबर २

लन्डन (बेलायत): ०९ः१७ बजे अक्टोबर २

पेरिस (फ्रान्स): ०९ः५७ बजे अक्टोबर २

ओस्लो (नर्वे): १०ः०३ बजे अक्टोबर २

लिस्बन (पोर्चुगल): ०९ः२३ बजे अक्टोबर २

टेल अविभ (इजरायल): ११ः३५ बजे अक्टोबर २

जिनेभा (स्विट्जरल्याण्ड): १०ः२५ बजे अक्टोबर २

हङकङः ११ः४५ बजे अक्टोबर २

साउदी अरेबियाः १०ः५५ बजे अक्टोबर २

याङ्गुन (म्यानमार): १०ः२७ बजे अक्टोबर २

माल्टाः १०ः५५ बजे  अक्टोबर २