९ श्रावण २०८३, शनिबार

युक्रेनको कब्जामा रहेका दुई नेपाली आज स्वदेश फर्किँदै

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । रूसको पक्षबाट लडाईँमा सहभागी हुँदा युक्रेनको कब्जामा परेका दुईजना नेपाली आज स्वदेश फर्कँदै छन् । युक्रेनको कब्जामा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई स्वदेश फर्काइएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई जर्मनीस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरिएको हो। उद्धारमा युक्रेनको सीमा सुरक्षा कार्यालय, एनआरएन जर्मनी र अन्य निकायले सहयोग गरेका छन्।

मन्त्रालयले विदेशी यात्रा गर्दा सम्बन्धित देशको कानुन पालना गर्न आग्रह गर्दै, अवज्ञा गर्दा लामो समयसम्म थुनामा पर्नुपर्ने वा ज्यानसमेत जोखिममा पर्ने चेतावनी दिएको छ।

Skip This