१ कार्तिक २०८३, शनिबार

बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ भदौ । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार असोज १ गते राष्ट्रिय शोक दिवसका दिन बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो ।

उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । यस निर्णय अनुसार १ गते बुधबार नेपालभर सार्वजनिक विदा हुनेछ भने सरकारी कार्यालयसँगै विदेशस्थित नियोगले पनि बुधबार कामकाज स्थगित स्थगित भएका छन् ।