१५ असार २०८३, सोमबार

‘२ दिनको आन्दोलनमा एमाले त्याग्ने नेता कायर हुन्, आँखा वरिपरि देख्न नपरोस्’

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २८ भदौ । नेकपा (एमाले) मकवानपुरका उपसचिव फुर्वा दोर्जे लामाले प्रतिकूल अवस्थामा पार्टी त्याग्ने नेताहरु कायर भएको टिप्पणी गरेका छन् ।

जेनजी आन्दोलनको क्रममा जिल्लामा केही नेताले सामाजिक सञ्जालमा लेख्दै पार्टी परित्याग गरेको घोषणा गर्दै आफ्ना नेताहरुमाथि नकरात्मक टिप्पणी गरेको उल्लेख गर्दै लामाले अहिलेको अवस्थामा पार्टी त्याग्नेहरु कायर भएको टिप्पणी गरेका हुन् ।

जिल्ला उपसचिव लामाले आफ्नो जिम्मेवार पूरा गर्न ननिस्कने कायर नेताहरू पार्टी कार्यालय वरिपरि र आँखा वरिपरि देख्न नपरोस् समेत भनेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष समेत रहेका लामाले फेसबुकमा लेखेका छन्– २ दिनको आन्दोलनमा नेकपा एमाले छोडे पदबाट राजीनामा दिएँ भनी स्टाटस लेख्नेहरु पार्टीको नेताहरुलाई जे मन लागे तेही लेख्ने अनि आफ्नो जिम्मेवार पूरा गर्न ननिस्कने कायरहरू पार्टी कार्यालय वरिपरि र आँखा वरिपरि देख्न नपरोस् ।