
काठमाडौं, २७ भदौ । प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टामै सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन् । उक्त सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकार गर्दै प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका छन् । यो जानकारी राष्ट्रपति निकट कानुनी सल्लाहकार बाबुराम कुँवरले दिएका हुन् ।
प्रतिनिधि सभा विघटनसँगै अब देशमा छ महिनाभित्र निर्वाचन हुने कार्यादेश दिइएको छ । तर माथिल्लो सदन राष्ट्रिय सभा भने यथावत रहने जनाइएको छ ।
२०७९ सालमा निर्वाचित प्रतिनिधि सभा यसअघि निरन्तर सञ्चालनमा थियो ।
















प्रतिक्रिया