२९ आश्विन २०८३, बिहिबार

काटिएको हात एक महिनासम्म खुट्टामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinबेइझिङ, ८ साउन । चीनका डाक्टरले एक व्यक्तिको हात बचाउनका लागि चमत्कारजस्तै गरेका छन् ।

मिस्टर झोउ नामका एक मजदुरको कारखानामा काम गरिरहेका वेला दुर्घटना हुँदा ब्लेड मेसिनले हात नै काटिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

तर, डाक्टरहरू उनको काटिएको हात पुनः जोड्न सफल भएका छन् ।

तर, डाक्टरहरूले ती मानिसको तत्कालै अपरेसन गरेर हात जोडेका भने होइन ।

डाक्टरहरूले उनको हातलाई जीवित राख्नका लागि करिब एक महिनासम्म पिँडुलामा जोडेर राखेका थिए ।

त्यसपछि उक्त हात पिँडुलाबाट झिकेर पुनः काटिएको स्थानमा जोडिएको छ । यो अद्भुत अपरेसन चिनियाँ डाक्टरले चीनको हुनान प्रान्तको राजधानी चांगसाको जिआंग्या अस्पतालमा गरेका हुन् ।

उक्त अस्पतालका सर्जनहरूका प्रमुख डा तांग जुयुले तत्कालै अस्पताल ल्याएकाले उनको हातलाई जीवितै राख्न सकिएको बताए ।