१ कार्तिक २०८३, शनिबार

नयाँ सरकारलाई सिंहदरबारबाटै काम गर्न ब्युरोक्रेसी तयार छ : मुख्यसचिव

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । मुख्यसचिव एकनारायण अर्यालले नयाँ सरकार गठन भएपछि त्यसलाई सिंहदरबारबाटै सञ्चालन गर्ने तयारी भएको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजीको मागअनुसार बन्ने नयाँ सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट पारे। सिंहदरबार जलिसकेकाले प्रधानमन्त्रीको कार्यालय नारायणहिटीमा सारिने चर्चा भए पनि त्यो निराधार भएको उनको दाबी छ।

मुख्यसचिव अर्यालले भने, “सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल गर्‍यौँ। कति क्षति भएको छ भन्ने आकलन गरिसकेपछि क्षति कम भएको स्थानबाट सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको छ। सरकार सञ्चालन सिंहदरबारबाटै हुन्छ, बाँकी सबै हल्ला मात्र हुन्।”

उनले अभिलेख, पूर्वाधार र सवारीसाधनमा भएको क्षतिको प्राविधिक आकलन भइरहेको पनि जानकारी दिए।