काठमाडौं, ७ साउन । मंगलबार भएको पहिलो प्ले अफ खेलमा हङकङसँग अन्तिम ओभरमा चुकेको अफगानिस्तान अन्ततः विश्वकपमा छनोट भएको छ ।
विहीबार भएको चौथो प्ले अफ खेलमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्दै अफगानिस्तान अर्काे वर्ष भारतमा हुने ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनोट भएको हो । यसअघि मंगलबार भएको पहिलो प्ले अफ खेलमा अफ्गानिस्तान हङकङसँग ५ विकेटले पराजित भएको थियो ।
पपुवा न्यूगिनीले प्रस्तुत गरेको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
पहिलो बलमै आश गरिएका ब्याट्सम्यान मोहम्मद सेहजादलाई विकेटका रुपमा गुमाउँदा अप्ठेरो महसुस गरेको अफगानिस्तानका लागि दोस्रो विकेट रुपमा मैदान प्रवेश गरेका नवरोज मंगोलले अविजित ६५ रनको पारी खेलेपछि जित्ने सम्भावना बोलियो भयो । त्यसपछि कप्तान अस्गरले २२ रन जोड्दा नजिबुल्लाह जादरानले ६ बलमा दुई छक्कासहित नटआउट १४ रन बनाएर जित हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि चाल्र्स अनिमीले नटआउट ३७ रनको महत्वपूर्ण पारी खेलेका थिए । अफगानिस्तानका सापुर जादरानले २ विकेट लिए । मोहम्मद नाबी, दौलत जादरान, मिरवाइस असरफ र हामिद हसनले १-१ विकेट लिए ।















प्रतिक्रिया