३० आश्विन २०८३, शुक्रबार

स्वदेश फर्कियो बंगलादेशी टोली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ भदौ । नेपालसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको निम्ति नेपाल आएको वंगलादेशी टोली स्वदेश फर्किएको छ ।

बिहीबारका लागि तय भएको मैत्रीपूर्ण खेल स्थगित भएसँगै वंगलादेशी टोली एक खेल पनि नखेली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले सोमबार (भदौ २३ गते) जेनजी आन्दोलन हिंस्रक बनेपछि मैत्रीपूर्ण खेल स्थगित गर्ने निर्णय गरेको थियो ।

यसअघि नेपाल र बंगलादेशले हिजो (बुधबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ३ मा सम्पन्न पहिलो खेलमा नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।