३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई ओमानका नेपाली चेलीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uma 2– पशुपति जिसी
ओमान । बैदेशिक रोजगारका लागि ओमान पुगेका नेपाली चेलीहरुले माृतभुमीका भूकम्प पीडितलाई राहत सहयोग गरेका छन् ।

भूकम्प पीडितका लागि ओमानमा विभिन्न संघसस्थाबाट राहत संकलन गरी नेपाली चेलीहरुले विहीबार नेपाली राजदूताबास ओमानको कार्यालयमा बुझाएका हुन् ।

uma

नेपाली महिला समूह ओमानकी सह-सचिब उमा ढुंगानाले दिएको जानकारी अनुसार नेपालमा गएको विनाशकारी भूकम्पपछि उद्दार तथा राहतका लागि नेपाली राजदूताबास ओमानले संचालन गरेको राहत कार्यलाई साथ दिंदै नेपाली राजदूताबास ओमानद्वारा जारी नगदी रसिदहरूबाट पटक पटक संकलन गरि ओमानी रिएल ९५७ लगभग नेपाली रुपैंया दुई लाख ५१ हजार ६९१ रुपैयाँ ओमानको मस्कटस्थित नेपाली राजदूताबासको कार्यालयमा बुझाईएको छ ।

सो रकम प्रधानमन्त्री दैबी प्रकोप उद्दार खातामा जम्मा गरिने राजदूताबासको कार्यालयले बताएको छ । उक्त राहत संकलन कार्य लाई साथ दिने सम्पूर्ण महिला समूह ओमानका सदस्य साथीहरू र सहयोग गर्नुहुने सबै लाई महिला समूह ओमानले धन्यवाद दिएको छ ।