१६ कार्तिक २०८३, सोमबार

पशुपतिमा सोह्र श्राद्ध (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसै अवसरमा काठमाडौंको पशुपतिनाथ, गोकर्ण लगायतका पवित्र स्थलमा सोह्र श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ । श्राद्धको पहिलो दिन सोमबार बिहानैदेखि काठमाडौंको प्रमुख तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा आफन्त गुमाएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । बागमती नदी किनारमा पुजारीको सहायता लिँदै दिवङ्गत आत्माहरूको शान्तिका लागि तर्पण र पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ ।