२९ आश्विन २०८३, बिहिबार

नाडाको विशेष साधारण सभा स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि विशेष साधारण सभा यही भदौ २४ गते मंगलबारका दिन ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा आयोजना गर्ने तय गरिएको थियो । तर, अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा सारिएको नाडाले जनाएको छ ।

नाडाले उपयुक्त समयमा विशेष साधारण सभाको नयाँ मिति र स्थानबारे पुनः जानकारी गराउने जनाएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल देशभरका अटोमोबाइल व्यवसायीहरूको छाता संस्था हो ।