२९ आश्विन २०८३, बिहिबार

बाँकेमा एक वर्षमै पन्ध्र एड्स सङक्रमितको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baka
बाँके, २९ जेठ । जिल्लामा एक बर्षयता १५ जना एड्स सङक्रमितको मृत्यु भएको छ ।
आर्थिक बर्ष ०७० र ०७१ को पुस मसान्तसम्ममा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सोही अवधिमा जिल्लाभरि ४२ जना एड्स सङ्क्रमित भेटिएको जनस्वास्थ्यका फोकल पर्सन रामबहादुर चन्दले बताउनुभयो ।

दुई हजार ५०० भन्दा बढीले जाँच गराएकामा ४२ जनामा सङ्क्रमण पाइएको छ । हालसम्म बाँकेमा ५८५ एड्स सङ्क्रमित भेटिएका छन् ।