३१ असार २०८३, बुधबार

पीए नेपालले भन्यो- बालमन्दिरबाट लगिएका बालबालिका कक्षा १२ र बिए पढ्दै छन्

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्था ‘पीए नेपाल’ले बालमन्दिरबाट लगिएका पाँच बालबालिका अहिले अध्ययनरत रहेको जानकारी दिएको छ।

२०७२ कार्तिकमा सिफलस्थित बालगृहबाट बालबालिका लगिएको र उनीहरू नफर्किएको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको मानव बेचबिखन ब्युरोले चासो राखेको थियो।

प्रहरीलाई पठाइएको जवाफमा पीए नेपालले ती बालबालिका अहिले कक्षा १२ र बिए स्तरमा पढिरहेका बताएको छ। ब्युरोका एसपी नरेन्द्र कुँवरका अनुसार संस्थाले अभिभावकको अनुमति लिएरै बालबालिका लगिएको दाबी गरेको छ।

कुँवरले भने, “उहाँहरूले पढ्दै गरेको बताएका छन्, हामी यसबारे क्रस–भेरिफिकेसन गर्छौँ।”