३० आश्विन २०८३, शुक्रबार

राखेपले १८ विधामा पुरस्कृत गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । रााष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भदौ १३ गते खेलकर्मीलाई सम्मान गरिने छ ।

सिनियर/जुनियरमा समान १–१ पुरुष/महिला गरी चार खेलाडी र एक पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ । सिनियरलाई समान एक/एक लाख तथा जुनियर र पारा विधामा समान ५०–५० हजार रुपियाँसहित सम्मान गरिने छ ।

खेलकुद पत्रकार पुरस्कार विधामा समान एक/एक पुरुष/महिला समान २०–२० हजार रुपियाँसहित सम्मानित हुने छन् । प्रशासन र प्राविधिक (दुई करारसहित) तर्फ समान चार÷चार गरी आठ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ ।

सर्वोत्कृष्ट दुई जनालाई समान २५–२५ हजार, उत्कृष्ट दुई जनालाई समान १५–१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान दुई/दुई जनालाई समान १०–१० हजार नगदसहित सम्मान गरिने छ । उत्कृष्ट खेल सङ्घलाई एक लाख रुपियाँसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानीय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसापत्रबाट सम्मान गरिने छ ।