अमेरिका । गैर आवसीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले संविधानको मस्यौदाका बिषयमा सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ ।
प्रवासी नेपालीहरुको सुझावलाई संविधानमा सुनिश्चित गराउन आइतबार एनआरएनले न्युयोर्कको अस्टोरीयामा सुझाव संकलन कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले प्रवासी नेपालीहरुको अधिकार संविधानमा सुनिश्चित गराउन सुझाव दिन आग्रह गर्नुभयो । ‘सम्पूर्ण अमेरिकावासी नेपालीहरुबाट संकलन गरिएको सुझाव एकमुष्ट पठाउछौं’ उहाँले भन्नुभयो ।
त्यस्तै सो कार्यक्रमका सभापति तथा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले नेपालमा बन्दै गरेको संविधानमा नागरिकताको निरन्तरता हुनुपर्ने, दोहोरो ट्याक्स हटाउनुपर्ने र एक पटकको नेपाली संधैको नेपाली भन्ने क़ुरा निर्विवाद हुनुपर्नेमा जोड़ दिनुभयो ।
त्यस्तै नेपाल कन्सुलेटका उप वाणिज्य दूत प्रवीण भट्टराईले सबैलाई धन्यवाद दिए भने महावाणिज्य दूत नारायण प्रसाद मैनालीले राजदूत मार्फ़त संविधानको मस्यौदा एकमुष्ट पठाउँदा नै राम्रो हुने बताए । कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले विषय गत जानकारी दिंदै एक पटकको नेपाली संधैको नेपाली नै एनआरएनको माग भएको कुरामा जोड दिए ।















प्रतिक्रिया