३० आश्विन २०८३, शुक्रबार

नेदरल्याण्ड विश्वकपमा छानियो, अन्तिम ओभरमा नामिबिया ४ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netharlends

काठमाडौं, ६ साउन । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको प्ले अफ खेलमा नामिबियालाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छानिएको छ ।

बुधबार भएको दोस्रो प्ले अफमा नामिबियालाई हराउँदै नेदरल्याण्ड अर्काे वर्ष भारतमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको हो ।

नामिबियाले प्रस्तुत गरेको १३६ रनको लक्ष्य नेदरल्याण्डले अन्तिम चार बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । अन्तिम ओभरमा चार रन आवश्यक रहेका बेला नामिबियाले भान डेर मर्वको विकेट लिएको थियो । त्यती बेला नेदरल्याण्ड आत्तिएको थियो ।

तर, दोस्रो बलमा मुदस्कर बुखारीले पहिलो बलमा नै चौका हान्दै नेयरल्याण्डलाई विश्वकपमा पुर्‍याए । नेदरल्याण्डका लागि स्टिफान माइबर्गले ३१ रन बनाए भने माइकल स्वार्टले २८ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । क्रेग विलियम्सले ४३ रन बनाए ।