१ कार्तिक २०८३, आइतबार

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । सामसङले आज आफ्नो प्रमुख सीएसआर पहल सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुर्विय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । यसैको साथै, अब नयाँ ब्याचको एआई र बीग डाटाको तालिम सुरु हुनेछ जसले गर्दा विद्यार्थीहरू भविष्यका लागि आवश्यक दक्षताहरूसँग सज्ज हुनेछन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो.डा. दीपक आर्यल, पुर्विय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो.डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक जयन्तमणि कायस्थले भने, “कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौँ । सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको छ। त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बीग डाटा र एलओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेका छौँ ।”

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआई, एलओटी, बीग डाटा, र कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ । एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनौट गरिन्छ ।

इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो.डा. सुशील बी. बज्राचार्यले भने, “नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौँ । कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूको लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ बिस्तार गर्न चाहन्छौँ ।”

कार्यक्रममा प्राविधिक सीपको साथै रोजगारीयोग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता सफ्ट स्कीलस्को पनि तालिम दिइन्छ । साथै, विद्यार्थीहरूले एआई, बीग डाटा, कोडिङ र प्रोग्रामिङ, र एलओटी प्रविधिहरू प्रयोग गरी सामाजिक महत्वका परियोजनाहरूमा पनि काम गर्छन् जसले वास्तविक संसारका चुनौतीहरूको समाधान गर्न मद्दत गर्छ ।