१ असार २०८३, सोमबार

हस्ताक्षर संकलनका बारे सांसद थापाले भने– मण्डलेतन्त्रविरूद्ध लडेर आएका हौँ, बुझेर सही गर्छौँ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभामा राप्रपा सांसद कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउनका लागि कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरेको विषयमा बोलेको भन्दै नियमापत्ति जनाएका हुन् ।

‘कस्ता सदस्य भनेको रेकर्डबाट हटाउनुपर्छ । मण्डलेतन्त्रविरूद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताका प्रतिनिधि हौं । जनताबाट निर्वाचित हौं । कस्ता कागजमा सही गर्छौं यो हामी जानेर, बुझेर सही गर्छौं,’उनले भने ।

साथै उनले भालूवाङ प्युठान मोटरबाटो अन्तरगत खहरे खोलामा पहिरोका कारण पटकपटक सडक अवरुद्ध हुने गरेकोले यस विषयमा सम्बन्धित मन्त्रालय र निकायको गम्भिर आर्कषण समेत गराएका छन् ।

उनले भने, ‘भालूवाङ प्युठान मोटरबाटो अन्तरगत खहरे खोलामा पहिरोका कारण पटकपटक सडक अवरुद्ध हुने गरेको छ । यस विषयमा सम्बन्धित मन्त्रालय र निकायको गम्भिर रुपमा ध्यानआर्कषण गराउन चाहन्छु ।’