
काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी–युनियनपे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।
कार्डबाट वालेट लोड गर्न मिल्ने सुविधा रहेको सबै मोबाइल वालेटहरू जस्तै इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससीटी–युनियनपे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुविधा जारी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी)मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुविधा लिन सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई आफ्नो एससीटी–युनियनपे कार्डबाट पोसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ–कमर्स भुक्तानी, एरलाइन टिकट खरिद लगायत पनि गर्न अझ सरल हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आइरहेको छ । एससीटी–युनियनपे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एसीटीका उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन् ।








प्रतिक्रिया