२९ आश्विन २०८३, बिहिबार

अब किसानलाई पेन्सन भत्ता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Moneyबागलुङ, ५ साउन । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै विभिन्न पेसा, धर्म, वर्ग र समुदायका व्यक्तिले संविधानमा आफ्ना हक अधिकारको सुनिश्चितता हुनुपर्ने बताएका छन् ।

बागलुङ सदरमुकाममा आज भएको सुझाव सङ्कलन कार्यक्रममा किसानलाई पेन्सन दिनुपर्नेदेखि शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्ने सुझाव पेस भएका थिए ।

अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य रामबहादुर केसीले वैज्ञानिक भूमिसुधार, किसान अदालतको व्यवस्था, कृषि उद्यममा लागेको किसानलाई ६० वर्ष नाघेपछि पेन्सन दिने व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो ।

अन्तरपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष सावित्री रानाले नागरिकता प्राप्त गर्ने सवालमा ‘आमा र बाबु’को ठाउँमा ‘आमा वा बाबु’ लेखिनुपर्ने बताउनुभयो । महिलाको प्रजननअधिकारसँगै स्वास्थ्य अधिकार पनि संविधानमा उल्लेख हुनुपर्ने उहाँको सुझाव थियो ।