काठमाडौं, ५ साउन । काठमाडौंमा सडक दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका बबरमहलस्थित सडकमा बा.८ च ३४८ नम्बरको कारले बा.५३ प ६९६७ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं बसुन्धारा बस्ने सुनसरी धरानका २६ वर्षीय शनी सरकारको निजामती अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ ।
कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया