काठमाडौं, ५ साउन । काठमाडौं कीर्तिपुर टौदहस्थित सिमेन्ट कारखाना नजिक चराइरहेको भैंसी चोरी गर्ने २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर भैसेपाटी बस्ने सिन्धुली ज्ञानेश्वर-४ का ३५ वर्षीय जितवहादुर राना र कीर्तिपुर नगरपालिका-४ चोभार बस्ने मकवानपुरका ४५ वर्षीय कृष्ण थिङ रहेका छन् ।
ललितपुर धोवीघाट बस्ने काभ्रे वाल्टिङ-४ की सितादेवी रानाका टौदहमा चराइरहेका ३ वटा भैसी हराएपछि खोजी गर्ने क्रममा ललितपुर नख्खु घर भएका मदन शाहीसमेत ३ जनाले भैँसीहरु चोरी गरी चोभार माथिल्लो गुठमा लगि २ वटा काटेको र एउटा काटन बाँकी रहेको अवस्थामा सितादेवीले भैंसी फेला पारेपछि प्रहरीले खबर गरेकी थिइन् ।
मदन शाही फरार रहेकोले उनको खोजी गर्नुको साथै प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया