८ कार्तिक २०८३, आइतबार

मस्यौदाप्रति चार दलको असहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhanबागलुङ, ५ साउन । संविधानको पहिलो मस्यौदाप्रति असहमति जनाउँदै जिल्लामा रहेका चार दलले विरोध जनाएका छन् । मस्यौदामाथि सुझाव कार्यक्रम चलिरहेको स्थलमै ती दलले अवरोध सिर्जना गर्ने प्रयास गरेका छन् ।

नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा माओवादी र सङ्घीय समाजवादी फोरमले संविधानको पहिलो मस्यौदाप्रति विमति जनाउँदै विरोधमा उत्रिएपछि केहीबेर कार्यक्रम स्थलमा तनाव सिर्जना भएको थियो । संविधानको मस्यौदाले जनताको हकअधिकार सुनिश्चित नगरेकाले विरोध गर्नु परेको नेकपा (एकीकृत) का जिल्ला नेता ऋषिराम रोकाले बताउनुभयो । उहाँले विगतका आन्दोलन र सङ्र्घषका उपलब्धि संस्थागत भएको जनमुखी संविधान जारी हुनुपर्ने धारणा राख्नुभयो ।

विरोधका बीच पनि सुझाव सङ्कलन कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । विभिन्न क्षेत्र, वर्ग, समुदाय र पेसागत सङ्घसंस्थाका अगुवा र सर्वसाधारण नागरिकले संविधानमा आ–आफ्ना सुझाव राखेका थिए ।

नेपाल पत्रकार महासङ्घ, हिन्दू राष्ट्र बचाउ जिल्ला सङ्घर्ष समिति, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लगाएतका सङ्घसंस्थाले संस्थागत रुपमा लिखित सुझाव बुझाएका थिए ।

जिल्लामा आइतबारदेखि सुझाव सङ्कलन कार्यक्रम सुरु भएको हो । क्षेत्र नं २ र ३ मा आइतबार र सोमबार सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको थियो । क्षेत्र नं १ को सुझाव सङ्कलन कार्यक्रम मङ्गलबार बागलुङबजारमा भएको हो । रासस