– रबिना बोहरा
बागलुङ ६ साउन । संविधानमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बागलुङमा आयोजना गरेको संबिधानको पहिलो मस्यौदामा माथि सुझाव संकलन कार्यक्रममा विभिन्न राजनीतिक दलहरुले संबिधान मस्यौदा बारम्बार जलाएका छन् ।

बागलुङ जिल्लाको सदरमुकाम धवलागिरी बहुमुखी क्याम्पसको प्रागंणमा भएको संबिधान मस्यौदा सुझाव कार्यक्रम नेकपा माओबादी, नेकपा एकिकृत र संघिय समाजबादी फोरमका कार्यकर्ताले संबिधान मस्यौदाको बिरोध गर्दै कालो झण्डा प्रर्दशन गर्नुका साथै मस्यौदा प्रति च्यात्नुका साथै जलाएर नारा बाजी गर्दै बिरोध गरेका छन् । नेकपा माओवादी लगायतका दलहरुले बारम्बार विरोध गर्दै मस्यौदा जलाएका छन् । साथै उनिहरुले मस्यौदामाथी सुझाव संकलन भईरहेको धौलागिरी बहुमुखी क्याम्पस परिसरमा पुगेर संविधानको मस्यौदा जलाउदै कार्यक्रम स्थलमा कालो झण्डा देखाएर कार्यक्रमको विरोध गरेका हुन ।
सनातन हिन्दु राज्यको माग गर्दै ज्ञापन पत्र बुझाउन गएका बृहत संघर्ष समितिको जुलुस प्रर्दशन भइरहेको समयमा माओबादी बिप्लव समुह संघीय समाजबादीले बिरोध प्रर्दशन गरे पछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर कार्यक्रम स्थल बाहिर पठाएका थिए । संबिधान सभाबाट बन्ने संबिधानमा जनताको सुझाव संकलन गर्न आएका सुझाव कर्ता सभासद लाई नेपाललाई हिन्दु धर्म सग सरोकार राख्ने बृहत संर्घष समितिले शंख घण्टा बाजा गाजा भजन किर्तन सहित नारा जुलुस गर्दै कार्यक्रम स्थलमा प्रबेश गरि ज्ञापन पत्र बुझाएका छन ।
















प्रतिक्रिया