साउदी अरब । संगठनात्मक रुपमा तल्लो तह सम्म राम्रो पकड बनाएको एमालेले साउदी अरबमा पनि संगठन विस्तारलाई तिव्रता दिएको छ ।
एमाले निकट प्रवासी नेपाली मञ्चको साउदी अरब स्तरीय अधिवेशनको लागि तयारी लगभग अन्तिम चरणमा पुगेको साउदीका लागि संयोजक बलराम गिरीले बताउनुभयो । दमाम, कसिम र रियाद क्षेत्रमा क्षेत्रीय कमिटी गठन गरिसकिएको र छिट्टै जेद्धामा समेत कमिटि निर्माण गरि आउँदो अगस्त ७ मा रियादमा आयोजना गरिने प्रथम अधिवेसनबाट साउदी अरब स्तरीय कमिटि निर्माण गरिने संयोजक गिरीले बताउनुभयो ।
रियादमा हुने प्रथम अधिवेसनलाई एमाले विदेश विभाग सह ईन्चार्ज तथा नेतृ बृन्दा पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको गिरीले प्रष्ट पार्नुभयो । मध्यपूर्वका लगभग सबै देशमा एमालेको संगठन भएपनि झण्डै ५ लाख नेपाली कामदार भएको साउदी अरवमा संगठन नभएकोले वैदेशिक रोजगारीका लागि साउदी आएका पार्टीका कार्यकर्ता तथा शुभेच्छुक सँगठित हुन आतुर रहेको पनि उहाँले बताउनुभयो ।















प्रतिक्रिया