२९ आश्विन २०८३, बिहिबार

सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लागि लाभांश वितरण नगर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीले आईपीओबाट संकलित प्रिमियम रकम र जगेडा कोषलाई सुरक्षित राख्ने नीति अपनाउँदै मुनाफाबाट मात्र लाभांश वितरण गर्ने रणनीति अघि सारेको हो।

यसै अनुसार, साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ।

बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएपछि मात्र कम्पनीले वार्षिक साधारणसभा आह्वान गर्नेछ।