९ असार २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प र युरोपेली नेताहरूबीच भर्चुअल बैठक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ साउन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूबीच हिजोे भर्चुअल बैठक भएको छ । बैठकपछि युरोपेली पक्षले रुसी राष्ट्रपति पुटिनसँग भोलि हुने शिखर वार्ता सकारात्मक आशा व्यक्त गरेका छन् ।

बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले भूभागसम्बन्धी कुनै पनि निर्णयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सहभागिता आवश्यक हुने र सुरक्षा सुनिश्चितता सम्झौतामा समावेश हुनुपर्ने कुरा स्वीकार गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड, पोल्याण्डका नेताहरू, युरोपेली आयोग प्रमुख उर्सुला भन डेर लायन र नाटो प्रमुख माक रुटसँग छलफल गरेका हुन् ।

ट्रम्पले बैठकमा रुसले युद्ध रोकेन भने ‘अत्यन्त गम्भीर’ परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । उनले वार्ता सफल भए छिट्टै पुटिन र जेलेन्स्की दुवैलाई सहभागी गराएर दोस्रो बैठक आयोजना गर्ने प्रयास गर्ने बताएको खबरमा उल्लेख छ ।

युरोपेली नेताहरूले भने अन्तिम निर्णयमा युक्रेनको सहभागिता अनिवार्य भएको दोहो¥याएका छन । तर रुसको अडान भने पुरानै छ । गएको वर्ष रसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्झिया क्षेत्र छोड्नुपर्ने र नाटो सदस्यता प्रयास त्याग्नुपर्ने शर्त राख्नु भएको थियो ।

युक्रेन र युरोपेली साझेदारहरूले यी मागलाई अस्वीकार गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई दिइएको कुनै पनि भूभाग भविष्यमा आक्रमणका लागि आधार बन्ने चेतावनी दिँदै सुरक्षा सुनिश्चितता आवश्यक भएको बताउनु भएको छ ।