नेपाली क्रिकेट एउटा नयाँ उचाईमा पुगेर खस्कीयो । नेपाली क्रिकेट प्रेमीहरु यतीबेला खिन्न छन एक पछी अर्को गर्दै जारी टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे छनौटमा नेपाली टिमले बेहोरिरहेको हारका कारण । सफलतालाई नियाल्ने हो भने नेपालमा क्रिकेटले फड्को मारिसकेको हो । क्रिकेटका लागि सरकारले समेत ओयोजनाका लागि भनेर रकम बिनियोजन गरेको छ ।
खेलमैदानको खेलाडी र युद्धमैदानको सिपाहीको मनेदशा एउटै हुनुपर्छ । जसरी सिपाही दूश्मन मारेर आफू बाच्न खोज्छ त्यसैगरी सच्चा खेलाडीले जित्न खोज्नु पर्दछ । खेल जित्न खोज्दा हार्नु स्वभाविक हो तर हार्नकै लागी खेल्नु अपराध हो ।
सरकारले हरेक ठूला प्रतियोगिता पछी सम्मान स्वरुप आर्थिक पुरुस्कार पनी दिएकै छ । आम नेपाली जनताको आयस्रोतको तुलनामा क्रिकेट खेलाडीहरुले सन्तोषजनक पारिश्रमिक पाएकोलाई होच्याउन मिल्दैन । मैदानमा गएर आफ्नो खेल देखाउने बेला यदि कुनै खेलाडी आफ्नो भत्ताको बारेमा सोचेर राम्रो प्रदर्शन गर्दैन भने त्यस्तो स्वार्थी खेलाडी देशका निम्ती घातक हो । जब जब नेपाली क्रिकेट लज्जास्पद हार बेहारिरहेको हुन्छ तब तब नै यो पारिश्रमिकको कुरा उठिरहन्छ । बास्तबमा जब राष्ट्रको प्रतिनिधित्वको सवाल आउँछ यो गर्वको बिषय हो पैसाका हुनुहुँदैन । हामी जब नेपालको गेम हेरिरहेका हुन्छौ त्यसबेला कती प्यारो हुन्छ देश, कती प्यारा लाग्छन खेलाडीहरु । जसरी नी उर्तीण हुनुपर्ने खेलमा खराब नतिजा निकाल्नु कती शर्मनाक, कती लगानीको दुरुपयोग र कती नेपाली आात्माहरुको बियोग भयो ती खेलाडी र कोचले बुभ्नै पर्दछ । आखिर किन तेती आशा राख्दा राख्दै क्रिकेटले हामीलाई निराश बनायो त ? केही तत्वहरु छन् :
१. अपरिपक्व कप्तानी : पारस खड्का राम्रा र सबैका प्रिय पनि छन् । बास्तबमा उनको बिकल्प नेपाली क्रिकेट टिममा कोही जन्मिएकै छैन् । यस्तोमा एउटै ब्यक्ती हरेक पटक नेतृत्वमा आउनुले अरुहरुको मनोबल झर्ने अथवा उनैलाई नै थकानको महशुस हुनसक्छ, पछिल्ला खेलहरुमा उनका निर्णयहरु गलत साबित भएका छन् । टसले गेम जितिने होइन, बरु कप्तानी निर्णयले क्रिकेट जिताउँछ । कसलाई स्लीपमा राख्ने ? कसलाई अन्तिम ओभर बलिङ गर्न दिने ? कसलाई कभरमा राख्ने त्यो कप्तानले पिचमा गर्ने निर्णयहरु हुन्, त्यसमा उनी क्रमश चुकीरहेका छन् । उनी कसैलाई गाली गर्दैनन गलत गरिरहँदा पनी । एउटा पपरपक्व कप्तानले पिचमै आफ्ना खेलाडीलाई सिकाउने सम्झाउने हो यसो गर्दा खेलमा जुझारुकता पनी आउछ ।
२. दोहोरिइरहने खेलाडीहरु : केही खेलाडीहरु यस्ता छन जो खराब प्रदर्शनका बाबजूत पनी टिममा परिरहेका हुन्छन । उनीहरु खै के आधारमा अनुबन्धन हुन्छन् ठम्याउनै गाह्रो हुन्छ । टी ट्वान्टी विश्वकपको पछील्लो सस्करण देखि नै बिनोद भण्डारी फर्ममा भैनन् तर पनी उनी मुख्य ब्याटस्म्यान हुन् । उनले जारी प्रतियोगितामा सम्झन लायक प्रदर्शन गरेकै छैनन् । शरदले कही गेममा राम्रो गरेको रेर्कडमा छानीनुले खेल जितिदैन् । बसन्त रेग्मीको बलिङमा पुरानै शैली छ उनले आफ्नो लय आफैसंग दोहोराई रहेका छन् पटक्कै सुधारेका छैनन् । सागर पुन किन टिममा पर्छन कोच नै जानुन । प्रदीप ऐरीलाई फेरि प्रयोग गर्दानी केही सिकेनछन् । पारस, ज्ञानेन्द्र र शक्ति गौचन बाहेक अरु सबै नयाँ ठाउ घुम्न गएजस्ता लाग्छन् । बिकल्परहित खेलाडी परिरहँदा यस्तो दिन आउँछ ।
३. कोचको प्रयोग : कोच पुबुदु दासानायके नौला नौला प्रयोग गर्न खप्पीस छन् । उनले हाम्रा लागी धेरै समय बर्वाद गरेका छन् यद्यपी पिचमा उनले गरेको प्रयोगमा उनी निरन्तर असफल नै छन् । जस्तो कि जारी प्रतियोगितामा उनले ओपनिङ पेयरको रुपमा कैले कसलाई त कैले कसलाई खेलाए । प्रयोग त अभ्यासमा पो गरिन्छ पिचमा त दक्ष खेलाडीलाई पठाउनुपर्छ । नेपाल र जर्सीको खेलमा उनले बिनोदलाई प्रयोग गरे जून गलत थियो सूरुवातमै ।
४. ओपनिङ पेयरमा सधै समस्या : नेपालले खेल हार्नुपर्ने मुख्य कारण ओपनिङ समस्या नै हो । जग बलियो भए पो घर बलियो हुन्छ नेपालको तर्फबाट जग सधै धरमराईरहेको हुन्छ । नेपालको ब्याटिङ सधै मध्यक्रमका ब्याटसम्यान त्यो पनी पारस की ज्ञानेन्द्र कहीले काही भाग्यले साथ दिए शरदले सम्हालेका हुन्छन अन्यथा पुरै टिमको स्कोर १०० टेकाउन हम्मे हम्मे परिरहेको हुन्छ । हामी कहाँ हरेक म्याचमा ओपनिङ फेल हुन्छ नत यसले सलामी ब्याटिङ गर्ने भन्ने निश्चित भएको हुन्छ ? हामी देख्छौ भारतमा शिखर धवन र रोहितको जोडी, साउथ अफ्रीकामा डिकक र हसीम अम्लाको जोडी त्यस्तै श्रीलंकामा संगाकारा र माहेलाको जोडी । प्राय सलामी बलर फास्ट बलर खेलाउने क्रिकेट कल्चरको विकास विश्व क्रिकेटमा भएको छ । त्यसका लागि फास्ट बलको सामना गर्न सक्ने आत्मविश्वासी र बलियो खेलाडी ओपनिङमा आउनु पर्दछ ।
५. अल्छी लाग्दो फिल्डीङ् : जारी प्रतीयोगीतामा केही दृश्यहरु यस्ता यस्ता देखिएकी हाम्रा खेलाडीहरु जित्न होईन हार्न खेलिरहेका छन् । खेलाडीमा हुनुपर्ने जोसजागर मरेर लत्रिएर खेलेका । बलको पछाडी दौडीएको एउटा दृश्य यस्तो थियो, बामे सरेर भर्खर हिड्न लागेको नानीको जस्तो खुट्टा बाङगो टेक्दै नभेट्ने गरी दौडिरहेको एकजना खेलाडी । रनआउट गर्ने बेलामा एउटा मात्र हातले क्याच गर्न तम्सने विकेटकिपर । स्लो बल पनी भेट्न नसक्नु । आकाशसम्म उचालिएको बल मूनीबाट क्याच लिनै डराउनु आदी आदी ले आयरलेण्डमा नेपाल बाहिरीयो ।
खेलमैदानको खेलाडी र युद्धमैदानको सिपाहीको मनेदशा एउटै हुनुपर्छ । जसरी सिपाही दूश्मन मारेर आफू बाच्न खोज्छ त्यसैगरी सच्चा खेलाडीले जित्न खोज्नु पर्दछ । खेल जित्न खोज्दा हार्नु स्वभाविक हो तर हार्नकै लागी खेल्नु अपराध हो । यो प्रतियोगितामा पिचमा प्रबेश पाएका खेलाडीहरुमा त्यो उन्माद थिएन र चिन्ता पनी कतै देखिएन् । फर्ममा नहुनेले लालची गरेर मेहनतीहरुको प्रगतीको तगारो बन्नु हुदैन् । सेलेक्सनपछि पनी नसुधारिनुले क्यानसंग आचारसहिंता नहुनुको संकेत गर्दछ । सेलेक्सन टिमले समाबेशीता होईन खेलाडी समिकरण गर्नुपर्छ जसले जित्ने जोश देखाउन् र बिश्वकप खेल्ने लक्ष्य राखेका हुन् ।















प्रतिक्रिया