– अनिल खत्री
गुल्मी, ५ साउन । संविधानको पहिलो मस्यौदामाथि सोमवार आयोजित सुझाव संकलनमा गुल्मीमा अधिकांस नागरिकहरुले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र घोषणा गर्न सुझाव दिएका छन् ।
संबिधानको मस्यौदा माथीको सुझाव संकलन कार्यक्रम मार्फत लिखित तथा मौखिक रुपमा आफ्ना कुराहरु राख्दै नागरिकहरुले नेपाललाई हिन्दु राष्ट्रको माग र धर्म निरपेक्षता खारेज गर्नु पर्ने कुरा राख्दै गर्दा सभागिहरुले ताली वजाएर समर्थन जनाएका थिए ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रहरुमा मस्यौदा माथि सुझाव दिन गाउँगाउँवाट आएका नागरिकहरुले आफ्नो सामाजिक मूल्य र मान्यतालाई जनताको अभिमत विना धर्मनिरपेक्षता घोषणा गर्ने अधिकार सभाषद्हरुलाई नभएको भन्दै धर्म निरपेक्षता र संघीयतको वारेमा जनमत संग्रहमा जानु पर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा नागरिकहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र जनतासंग प्रत्यक्ष सम्बन्ध राख्ने वडा अध्यक्ष जनताबाट निर्वाचित हुनु पर्ने राष्ट्रिय सान्यता प्राप्त दलबन्न कम्तीमा ५ प्रतिशत थ्रेसहोल कायमहुनु पर्ने, बन्द हडतालको अत्य हुनुपर्ने सुझाव दिएका थिए ।















प्रतिक्रिया