१ कार्तिक २०८३, शनिबार

रुपन्देहीमा थप तनावः विशुनपुरा गाविसमा झडप, प्रहरीद्धारा १४ राउण्ड अश्रुरग्यास प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupandehi-police (2)रुपन्देही, ५ साउन । संविधानको मस्यौदामा सुझाव संकलन भइरहदा रुपन्देहीमा थप तनाव सिर्जना भएको छ ।

मधेसी दलका कार्यकर्ताले रुपन्देहीको विशुनपुरा गाविसको गेटमा नाराबाजी गरी जबरजस्ती भित्र छिर्न खोजेपछि फेरि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हाम्रा रुपन्देही सम्वाददाता विवेक विश्वकर्माले जनाएका छन् ।

झडपले उग्र रुप लिएपछि प्रहरी १४ राउण्ड अश्रुरग्यास प्रहार गरेको छ । रुपन्देही क्षेत्र नम्बर ५ अन्तर्गतको विशुनपुरा गाविसमा नेपाली कांग्रेसको भरतकुमार शाहको टोलीले सुझाव संकलन गरिरहेका बेला झडप भएको हो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुरग्यास प्रहार गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णू प्रसाद ढकालले बताए । उनका अनुसार सशस्त्र प्रहरी नेपाल प्रहरीले सात/सात राउण्ड आश्रृग्यास प्रहार गरेका छन् ।

झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना घाइते छन् । अहिले प्रदर्शनकारीहरुले संकलन क्षेत्रभन्दा टाढै बसेर प्रहरीका अगाडि नाराबाजी गरिरहेका छन् । यसअघि प्रदर्शनकारीले प्रहरीको विट जलाएका थिए ।