८ कार्तिक २०८३, आइतबार

एमाओवादीका केन्द्रीय नेताले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoustकाठमाडौं, ५ साउन । एकीकृत नेकपा माओवादीका केन्द्रीय नेताले राजीनामा दिएका छन् ।

एमाओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा राजीनामा बुझाएका हुन् ।

पार्टी कार्यकर्ताको चाहना विपरित हिँडेको भन्दै आलोचना तथा विरोध गरिरहने नेता तीव्र असन्तुष्टि जनाएर पाटी परित्याग गरेको एमाओवादी स्रोतले जनायो ।

‘नेताहरु सामू खुलेरै विरोध गर्ने नेता विष्ट आफ्ना मागहरुको सम्बोधन नभएपछि तीव्र असन्तुष्टिपछि पार्टीबाट छाड्न बाध्य भए’ एमाओवादी सम्बद्ध स्रोतले दैनिक नेपाललाई टेलिफोनमा भन्यो-‘अब पार्टीमा विरोध गर्ने नेता पनि धेरै छैनन् ।’

पोलिटब्युरो बैठकले गरेको २५ बुँदे प्रस्ताव कार्यान्वयन नभएका कारण उनले राजीनामा दिएको बुझिएको छ ।