२९ आश्विन २०८३, बिहिबार

एमालेमा प्रतिनिधि अनुपात निर्धारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351काठमाडौं, २९ जेठ । नेकपा एमालेले नवौं महाधिवेशनका लागि प्रतिनिधि छनोट अनुपात निर्धारण गरेको छ। अध्यक्ष झलनाथ खनाल नेतृत्वको संयोजकत्वमा गठित कार्यदलले खुलातर्फ २ सय सदस्य बराबर एक प्रतिनिधि छानिने प्रावधान तय गरेको छ।

महिला, पिछडिएको क्षेत्र, दलित र मजदुरमा भने १ सय ५० पार्टी सदस्य बराबर एक प्रतिनिधि हुने व्यवस्था गरिएको छ।शेष संख्या भने ५० प्रतिशत हुनुपर्नेछ। पिछएिको क्षेत्रमा कर्णालीका पाँच जिल्ला कालिकोट, हुम्ला, जुम्ला, मुगु, डोल्पा, भेरीको जाजरकोट र सेतीका अछाम, बझाङ र बाजुरा हुन्।

एमालेका करिब २ लाख ६० हजार पार्टी सदस्यमध्ये ५४ हजार ६ सय महिला छन्। ‘महाधिवेशनमा १ हजार ८ सय प्रतिनिधिमा सीमित गर्ने कोसिस छ,’ पोलिटब्युरो सदस्य विष्णु रिमालले भने।

रिमालकाअनुसार पदेन प्रतिनिधि संख्या २ सय ६६ हुने भएको छ। केन्द्रीय कमिटी, सल्लाहकार कमिटी, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा परीक्षण आयोगका पदाधिकारी सदस्य स्वतः प्रतिनिधि हुनेछन्। विधान संशोधनलाई अन्तिम रूप दिन गठन गरिएको कार्यदललाई केन्द्रीय कमिटीले पार्टी सदस्य र प्रतिनिधिको अनुपात निर्धारण गर्न, कार्यविधि तोक्न जिम्मेवारी दिइएको थियो।

उपनिर्वाचन हुने चार जिल्ला बाहेकका सबै स्थानबाट एकै दिन असार ७ गते प्रतिनिधि छनोट हुनेछ। उपनिर्वाचन हुने काठमाडौ, चितवन, बर्दिया र कैलालीका चार क्षेत्रमा असार १० गते प्रतिनिधि छानिनेछन्। एमालेको महाधिवेशन असार १९ देखि २५ गतेसम्म काठमाडौंमा हुँदैछ। नागरिक दैनिकबाट