३० आश्विन २०८३, शुक्रबार

मनिषा कोइराला फेरि यस्तो धन्दामा, के-के गर्छिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manisha_koiralaकाठमाडौं । बलिउडमा काम पाउन छाडेपछि नायिका मनिषा कोइराला पछिल्लो समय नेपालतिरै व्यस्त छिन् । व्यवसायी सम्राट उपाध्यायसँग बिहे गरेकी उनको सम्बन्ध एक वर्ष पनि टिक्न सकेन । पछिल्लो समय उनी एक्लो फिरन्ते जीवन बाँचिरहेकी छन् ।

वैशाख १२ को भूकम्पपछि नायिका कोइरालालाई सरकारले सम्मानित पद दियो, प्रधानमन्त्री राहत कोषको सद्भावना दूत बनाएर ।

तर, राहत जुटाउनभन्दा आफ्नो व्यक्तिगत काममै व्यस्त हुन थालेपछि धेरैले उनको खोजी गर्न थालेका छन् ।

बलिउडकी चर्चित नायिका भएकाले मनिषाले कम्तीमा बलिउडबाट सहयोग जुटाउने धेरैको अपेक्षा थियो । बलिउडका सबैजसो हस्तीसँग उनको दोस्ती छ । तर, मनिषाले बलिउडमा सहयोग जुटाउन कुनै प्रयास गरिनन् ।

बलिउडका नायक – नायिकाले नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने हल्ला चलाए, तर सहयोग गरेनन् । अमिताभ बच्चनले जम्मा ११ लाख रुपैयाँ सहयोग गरेका थिए ।

सलमान खानले सहयोग गर्ने हल्ला चलाएर पछि सहयोग नगर्ने बताएका थिए । अरु कुनै पनि बलिउड कलाकारले नेपालको दुःखप्रति सद्भाव दर्साएनन् । सद्भावदूत मनिषाले पनि कुनै पहल गरिनन्, दृष्टि साप्ताहिकमा खबर छ ।