२९ आश्विन २०८३, बिहिबार

आउने संसद् अधिवेशन नयाँ संसद् भवनबाटै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ साउन । आउने संसद्को अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिइएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबार भित्र निर्माणाधीन सङ्घीय संसद् भवनको काम समयमै सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन पनि दिएका छन् ।

साथै उनले विगतका कमी कमजोरी दोहोरिन नदिने गरी काम भइरहेको जानकारी पनि दिएका छन् । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्नेसम्बन्धी छलफलमा उनले सो कुरा बताएका हुन् ।

समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिए ।

थप गरिएको अवधिभित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजना अनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय तथा विभागबाट अनुगमन भइरहेको उनको भनाइ छ ।