१४ असार २०८३, आइतबार

नेपाल लाइफको तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ कार्यक्रम सम्पन्न भएको छ ।

द सोल्टी काठमाडौंमा साउना १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम “लायन वर्ष : लिड , रोअर, रिपिट” नाराका साथ सम्पन्न भएको हो । कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले आ.व २०८१/८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे ।

कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले गत आ.व.मा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ.व.को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.व.को व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८१/८२ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता, सेल्स टिमका तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । कम्पनीले गत वर्ष आफुलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको, त्यसले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको बताए ।

विशेष समारोहमा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई अन्तर मनदेखि धन्यवाद ज्ञापन गरे । आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद ज्ञापन गरे । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सिप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको बताए ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो ।

त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट क्रमश नेपाल प्रथम, द्वितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमश नेपाल प्रथम, द्वितिय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

तीन दिनसम्म चलेको कार्यक्रममा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो ।