१ कार्तिक २०८३, शनिबार

नेपाल वायु सेवा निगममा धमाधम नियुक्ति गरिँदै, जागिर खाने की !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Airlinesकाठमाडौं, ५ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा फेरि राजनीतिक दबाबमा कर्मचारी नियुक्ति सुरु भएको छ ।

निगम व्यवस्थापनले बिना प्रतिष्प्रर्धा राजनीतिक दबाब र आफन्तलाई धमाधम जागिर भर्ती गरिरहेको खुलासा भएको समाचार आजको कारोबार दैनिकले छापेको छ ।

निगममा दक्ष जनशक्ति अभाव रहेपनि अहिले तल्ला तहमा कर्मचारी भर्ना गरिएको छ ।

निगम स्रोतका अनुसार हाल विभागिय मन्त्रालय तथा राजनीतिक नेतृत्वको दबाबमा ग्राउन्ड सर्पोट विभागमा २१ जना, कस्टमर विभागमा १३ जना, कर्मसियल विभागमा ३ र फाइनान्स विभागमा ५ जना नियुक्त गरिएको छ ।