
भीमदत्तनगर, ४ साउन । कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा राखिएको संविधानको मस्यौदामाथिको सुझाव सङ्कलन कार्यक्रममा सुदूरपश्चिमवासीले यहाँका नौ वटै जिल्लालाई जोडेर सुदूरपश्चिम राज्य बनाउनुपर्ने सुझाव दिएका छन् ।
भीमदत्तनगरका स्थानीयवासी डा गणेशदत्त भट्टले भन्नुभयो, ‘०६४ सालको संविधानसभाले संविधान जारी गर्न नसक्नुको कारण नै सङ्घीयता थियो ।’ सङ्घीयताका नाममा सुदूरपिश्चमलाई खण्डित गरे सह्य नहुने चेतावनी दिँदै डा भट्टले हिन्दू राष्ट्र कायम गर्नसमेत सुझाव दिनुभयो ।
त्यस्तै नामाङ्कन र सीमाङ्कनको टुङ्गो लगाएर मात्र संविधान जारी गर्न र नागरिकता प्राप्ति तथा वितरणमा भएको विभेद सच्याउन पनि सुझाव दिइएको छ । केही राजनीतिक दलले थरुहट प्रदेश बनाउने नाममा कैलाली र कञ्चनपुरलाई टुक्य्राउन खोजेको आरोप लगाउँदै स्थानीयवासीले त्यसको विरोध गरेका छन् । रासस















प्रतिक्रिया