८ कार्तिक २०८३, आइतबार

काठमाडौंको कपनमा छोरीको कोठामा बाबु मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । काठमाडौंमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका–१४ कपनमा रहेको दुर्गा मन्दिर नजिकै छोरीको डेरा कोठामा आएर सुतेका तनहुँ घर भएका ६३ बर्षीय भिम बहादुर श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

यसैगरी दोलखा मार्वु–५ घर भएका १६ बर्षीय पानीमा शेर्पा मृत अवस्थामा फेला परेका छन् ।

भिमसेन नगरपालिका-१ स्थित बहिरा स्कुलमा अध्यनरत उनी शुक्रबारदेखि हराई सम्पर्क विहिन भएकोले खोजतलास गर्ने क्रममा आइतबार सोही ठाउँको बनदेवी जंगलको भिरमुनी मृत फेला परेका थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।